Market Closed

नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

17 Sep,2021
  • book_closure_9_3_2020_8_37_17_9_17_2021_8_54_41.jpg
नेपाली पैसा

काठमाडौं  : नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डले बुक क्लोज मिति तय गरेका छन् । नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड–२ ले असोज ११ गते बुक क्लोज गर्ने भएका हुन् । तसर्थ, असोज १० गतेसम्म कायम इकाइधनीले यी दुई फन्डले घोषणा गरेको लाभांश पाउनेछन् । नबिल इक्विटी फन्डले (करसहित) ४०% का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्न लागेको छ ।
 
यसले नगद लाभांश वितरणमा ५० करोड रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–२ ले ३५% नगद लाभांश (कर सहित) वितरण गर्न लागेको छ । यसले नगद लाभांश वितरणमा ३९ करोड २० लाख रुपैयाँ खर्च गर्नेछ । दुवै फन्डले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट इकाइधनीलाई प्रतिफल घोषणा गरेका हुन् ।
 

Post Your Comment