नेपाली पैसा
काठमाडौं : बिपिडब्लु लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई माघ २२ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३% ले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । सोमध्ये १०% अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ । जारी पुँजीको ०.५% अर्थात् १ हजार ५ सय कित्ता सेयर कर्मचारीहरु र ५% अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ । दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।