Market Closed

कोरोना भाइरसको यस्तो आयो पछिल्लो अपडेट

03 Apr,2020
  • corona_3_4_3_2020_10_07_46.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । यस्तै, संक्रमितको संख्या १० लाख माथि लाग्दा २ लाख १२ हजार जना भने निको भएर घर फर्किन सफल भएका छन् । यसको संक्रमणबाट बिहीबार सबैभन्दा धेरै फ्रान्समा १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ । यो संख्या १ दिनमा मृत्यु हुनेको अहिलेसम्मकै उच्च भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यससँगै फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टाभित्र फ्रान्समा २ हजार १ सय १६ जना संक्रमित थपिएका छन् ।  
 
फ्रान्सपछि सबैभन्दा धेरै अमेरिकामा ९ सय ६८ को मृत्यु भएको छ । यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६ हजार १३ जना पुगेको छ भने संक्रमित संख्या २ लाख ४४ हजार नाघेको छ । यता, सबैभन्दा धेरै इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ । बिहीबार इटलीमा ९ सय ६१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमित संख्या १ लाख १५ हजार पुगेको छ ।

स्पेनमा पनि मृत्यु हुनेको संख्या १० हजार ३ सय नाघको छ भने संक्रमितको संख्या १ लाख १२ हजार पुगेको छ । नेपालमा भने ६ जना संक्रमित फेला परेकामा १ जनाको निको भइसकेका छन् । बिहीबार मात्रै नेपालमा एक ६५ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको पुष्टि भएको हो । 
 

Post Your Comment