Market Closed

आइपीओ रिजल्टका सम्बन्धमा आमपाठक तथा लगानीकर्ताहरुमा विनम्र अनुरोध

26 Feb,2021
  • IPO_ss_2_26_2021_12_55_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : आइपीओ रिजल्ट हेर्नका लागि यतिबेला नेपाली पैसाको वेबसाइट र एपमा हजारौं लगानीकर्ताहरुले भिजिट गरिरहनु भएको छ । तर तपाईंहरुले रिजल्ट हेर्न पाउनु भएको छैन । किन भने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले अबदेखि सञ्चार माध्यमहरुबाट आइपीओ रिजल्ट हेर्न नदिइने व्यवस्था गरेको छ ।

सोही कारण नेपाली पैसाले पाठक तथा लगानीकर्ताको छिटो रिजल्ट हेर्ने तीब्र चाहना हुँदाहुँदै पनि सार्वजनिक गर्न सकेको छैन । यसका लागि नेपाली पैसा परिवार क्षमायाचना गर्दछ । साथै, नेपाली पैसाप्रति यहाँहरुले देखाउनु भएको माया र सद्भावप्रति हामी आभार प्रकट गर्न चाहन्छौं ।

अबदेखि आइपीओ रिजल्ट सम्बद्ध कम्पनी, बिक्री प्रबन्धक र सीडीएसको मेरो सेयबाट मात्र हेर्न सकिनेछ । महिला लघुवित्तको आइपीओमा सीडीएसको मेरो सेयर सहित, बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तथा महिला लघुवित्त कम्पनीको वेबसाइटबाट हेर्न मिल्नेछ । 

Post Your Comment