Market Closed

नेपाली पैसामा सुरु हुँदैछ निःशुल्क प्राविधिक विश्लेषण अनलाइन सेयर कक्षा

27 Feb,2021
  • trainig_2_27_2021_11_45_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाली पैसाले सेयर बजार सम्बन्धी बेसिक, आधारभूत तथा प्राविधिक विश्लेषण  तथा कम जोखिममा बढी प्रतिफल लिन सिकाउने हाइब्रिड लगानी जस्ता विभिन्न सशुल्क तालिमहरु दिंदै आएको छ । यसैक्रममा नेपाली पैसाले सेयर बजार तालिम लिएका तथा कारोबार गरिरहेकाहरुका लागि प्राविधिक विश्लेषण गरेर कारोबार गर्न निःशुल्क कक्षा सञ्चालन गर्दैछ ।

यस कक्षाबाट आगामी हप्ताको बजार अवस्था तथा केही सम्भाव्य कम्पनीहरुको चाल बुझ्न सहज हुनेछ । यस्तो निःशुल्क कक्षा यही २०७७ फागुन १६ गते आइतबार बिहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म अनलाइन जूम एप माध्यमबाट चल्नेछ ।
 
सेयर बजारमा छोटो समयका लागि कारोबार गरिरहेकाहरुका लागि गत हप्तासम्मको बजारको चाल तथा आफूले कारोबार गर्न चाहेका कम्पनीहरुको बारेमा प्राविधिक विश्लेषण गरी खरीद बिकीको निर्णय लिन सक्नुपर्ने हुन्छ । यो सत्रमा दास्रो बजारमा विश्लेषण गरी कारोबार गरिरहेका तथा छोटो समयका लागि नाफा कमाउन चाहने कारोबारी व्यक्तिहरुले सहभागिता जनाउँदा निकै फाइदामूलक हुनेछ ।
 
यो कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक डा. केशव श्रेष्ठले लिनेछन् । यसका लागि तल दिइएको लिंक कपि पेष्ट गरी जूम एपमा इन्ट्री गर्न सकिनेछ ।
 
यो निःशुल्क सेयर कक्षाका लागि २०७७ फागुन १६ गते आइतबार बिहान ७ : ३० बजेदेखि तलको लिंकबाट जूम मीटमा प्रवेश गर्नुहोला ।

Join Zoom Meeting

https://zoom.us/j/91335565546?pwd=TzZkOUwvMjFuS2xlc2lUNUVNRk0yQT09

Meeting ID: 913 3556 5546

Passcode: 948775
 
 

Post Your Comment