Market Closed

नेसनल हाइड्रोपावरको शुक्रबार एजीएम : लगानीकर्ताको हात रित्तै

07 Apr,2021
  • AGM_2_21_20_4_7_2021_8_54_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल हाइड्रोपावर कम्पनीले शुक्रबार चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । 
 
यस्तै, आर्थिक वर्ष २०७७–७८ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । कम्पनीले विगतमा जस्तै यसपालि पनि लगानीकर्तालाई लाभांश नदिने भएको छ । सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समेटिएको छैन । 

Post Your Comment