काठमाडौं : प्रि–ओपनिङ मार्केटमा नेप्से सूचक २६९४.५४ विन्दुमा आइपुगेको छ । नेप्से २०.०७ अंकले वृद्धि भएको हो । प्रि–ओपन सेसनमा ४५ कम्पनीको सेयर भाउ वृद्धि भएको छ भने ६ वटा तल झरेका छन् । यता, ८ कम्पनी भने यथावत् रहेका छन् । प्रि–ओपन सेसनलाई आधार मान्दा नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । यो सेसनमा १ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
