Market Closed

कर्णालीमा लगानी सम्मेलन आयोजना गरिने

08 Apr,2021
  • Karnali_4_8_2021_8_51_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्व राज खड्का, सदस्य डा. दिपेन्द्र रोकाय तथा सदस्य योगेन्द्र बहादुर शाही समेतको प्रतिनिधिमण्डलबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा यस्तो सहमति भएको हो । 
 
त्यस अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै सरकारले त्यसका लागि सहजीकरण गरिदिनुपर्ने बताए । लगानीकर्ताहरूले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताए । लगानीकर्ताहरुसँग महासंघले सहजीकरण गर्ने पनि उनले जानकारी गराए । छलफलमा महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठको पनि सहभागिता थियो । 
 
कर्णाली योजना आयोगका उपाध्यक्ष डा. खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको अवधारणा अघि बढाइएको बताए । योजना आयोग र महासंघको संयुक्त पहलमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सृजना गर्ने समेत डा. खड्काले बताए । 
 
 
 

Post Your Comment