Market Closed

होटल तथा रेस्टुरेन्ट बेलुका ८ बजेपछि खोल्न नपाइने, विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

19 Apr,2021
  • corona_3_18_2020_5_35_55_4_19_2021_6_28_01.jpg
नेपाली पैसा

काठमाडौं : सरकारले कोरोना संक्रमण बढेपछि होटल तथा रेस्टुरेन्ट राति ८ बजेपछि खोल्न नपाइने नियम ल्याएको छ ।  सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले होटल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेछि राति ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको हो ।  त्यस समयपछि होम डेलिभरी मात्र गर्न पाइने सरकारले निर्णय गरेको छ । 

राष्ट्रिय राजमार्गमा रहेका होटल तथा रेष्टुरेन्टले भने स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन पाउने आदेश जारी भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय सार्वजनिक गर्दै उनले जनस्वास्थ्य मापदण्ड अपनाएर मात्रै होटल तथा रेष्टुरेन्ट खोल्न पाउने आदेश भएको बताए ।

यस्तै, सरकारले विवाह, ब्रतबन्धमा पार्टी प्यालेर प्रयोग गर्नुपरे प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने पनि सरकारले नियम बनाएको छ । विवाह, ब्रतबन्ध, मेला, महोत्सव, जात्रा, पर्व र मलामी र चाडपर्वमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ । 

Post Your Comment