Market Closed

जर्ज फ्लोएड हत्यामा पूर्वप्रहरी डेरेक दोषी ठहर, ७५ वर्षसम्म जेल सजाय हुन सक्ने

21 Apr,2021
  • 1_4_21_2021_2_15_40.jpg
नेपाली पैसा
 
काठमाडौं : अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्वप्रहरी अधिकृत डेरेक सोभिनलाई अदालतले दोषी ठहर गरेको छ । डेरेकले अश्वेत नागरिक फ्लोएडलाई भुइँमा लडाएर घुँडाले घाँटी थिचेपछि फ्लोएडको मृत्यु भएको थियो । डेरेकले ९ मिनेटसम्म फ्लोएडको घाँडी थिचेको भिडियो विश्वभर हेरिएको थियो । एक वर्ष अघिको उक्त घटनाका कारण रंगभेद र प्रहरीहरुको अत्याधिक बल प्रयोग विरुद्ध विश्वभर प्रदर्शनहरु भएका थिए । 
 
अदालतले डेरेकलाई ३ वटा अपराधमा दोषी ठहर्याएको छ । उक्त ३ वटै अपराधको सजाय हिसाब गर्ने हो भने डेरेकलाई अधिकतम ७५ वर्षसम्म जेल सजाय हुनेछ । डेरेकलाई २ महिनाभित्र सजाय सुनाइने भएको छ । अदालतको फैसला विरुद्ध डेरेकले अपिल गर्ने अनुमान गरिएको छ । डेरेकलाई अपराधमा सघाएको आरोपमा अन्य ३ जना प्रहरीलाई पनि सुधपुछ गर्ने तयारी भइरहेको छ । फैसलापछि अदालत बाहिर उपस्थित सयौंको संख्यामा रहेका फ्लोएड समर्थकले खुसी मनाएका छन् ।
 
अमेरिकामा हिरासतमा रहेका व्यक्तिले ज्यान गुमाउँदा प्रहरीमाथि कारवाही गरिएको घटना विरलै छन् । फ्लोएडको मुद्दामा अदालतले दिएको फैसला अमेरिकी इतिहासमै नयाँ अध्याय हुने कतिपयको विश्लेषण छ । अदालतको फैसलापछि अ‍ेमरिकी राष्ट्रपति जो बाइडेनले फ्लोएडका परिवारलाई फोन गरेका छन् । साथै, टेलिभिजनमार्फत संवोधन गर्दै बाइडेनले नश्लभेदले सम्पूर्ण अमेरिकाको आत्मामा दाग लगाएको अभिव्यक्ति दिएका छन् ।

Post Your Comment