Market Closed

पाँच देशका लागि ’नो अब्जेक्सन लेटर’ दिन बन्द

22 Apr,2021
  • 1605663576_education_Ministery_4_22_2021_9_16_25.jpg
नेपाली पैसा

काठमाडौं  : सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि ’नो अब्जेक्सन लेटर’ दिन स्थगित गरिएको जनाएको छ । 
 
कोरोनाको संक्रमण बढिरहेकाले बिहीबारदेखि अर्को सूचना प्रकाशित नभएकासम्मका लागि स्थगित गरिएको जनाएको छ । अहिले विदेशमा अध्ययनरत विद्यार्थीका लागि भने रोकिएको छैन । त्यस्तै, अन्य देशका लागि पनि तत्काल कुनै निर्णय नगरिएको जनाएको छ ।

Post Your Comment