Market Closed

सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो

22 Apr,2021
  • golds_10_6_2020_1_39_38_4_22_2021_11_22_18.jpg
नेपाली पैसा

काठमाडौं : सुनको भाउ बिहीबार प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने छापावाल सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ थियो ।

यस्तै, बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


 

Post Your Comment