Market Closed

भारतमा कोरोना नियन्त्रण गर्न हम्मेहम्मे, पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार संक्रमित थपिए

22 Apr,2021
  • newdelhi-2142021041233_4_22_2021_11_23_58.jpg
काठमाडौं :  भारतमा कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर गएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख १५ हजार ७२८ जना संक्रमित थप भएका छन् । यो विश्वको कुनै पनि देशमा अहिलेसम्म भेटिएको सबैभन्दा धेरै संख्या हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १  करोड ५९ लाख ३० हजार नाघेको छ ।
 
यस्तै, पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण २१ सय २ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार नाघेको छ । यता , गएको २४ घण्टामा १ लाख ७९ हजारभन्दा धेरै डिस्चार्ज भएसँगै अहिलेसम्म एक करोड ३४ लाखभन्दा धेरै निको भएका छन् । 
 
महाराष्ट्र राज्यमा पूरै लक डाउन घोषणा
 
भारतको महाराष्ट्रसहित केरला, उत्तर प्रदेश, दिल्ली, गुजरात लगायत राज्यमा कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेको छ । यसैबीच कोरोना भाइरसको संक्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूरै लक डाउन घोषणा गरिएको छ । महाराष्ट्रमा गएको २४ घण्टामा ६७ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ५६८ जनाको ज्यान गएको छ । त्यहाँ लक डाउन आउँदो मे १ तारिख अर्थात् १८ गतेसम्म रहने बीबीसीले जनाएको छ । 
 

Post Your Comment