Market Closed

आव २०७५–७६ मा ८.८% ले घट्यो प्रत्यक्ष वैदेशिक लगानी

22 Apr,2021
  • NRB__9_18_2020_11_43_09.jpg
नेपाली पैसा
 
काठमाडौं : आर्थिक वर्ष २०७५–७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८% ले कमी आएको नेपाल राष्ट्र बैंकले तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आव २०७५–७६ मा १ खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । जसमध्ये, चुक्ता पुँजीको अंश ४८.२%, रिजर्भको ४२.८% र कर्जाको अंश ९% रहेको थियो ।

रिजर्भको अंश २७% ले घटेपछि कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको केन्द्रीय बैंकले जनाएको छ । यता, २०७६ असार मसान्तसम्म नेपालमा ५३ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । सबैभन्दा बढी भारतबाट ५६ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । नेपालमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१% सेवा क्षेत्रमा र ४८.८% औद्योगिक क्षेत्रमा लगानी रहेको छ ।  



Post Your Comment