Market Closed

श्रीलंकामा हवाई यात्रामा कडाई, बिमानमा ७५ यात्रु मात्र राख्न पाउने

03 May,2021
  • srilankan-airlines_5_3_2021_2_29_59.jpg
कोलम्बो : श्रीलंकाले कोरोना भाइरस महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुने गरी २ साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ । श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने छैन ।

प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सरकारको निर्णयबारे जानकारी गराइसकेको छ । २ सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्यांकन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ । यसैबीच, श्रीलंकामा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमित संख्या ह्वात्तै बढेको छ ।

आइतबार हालसम्मकै उच्च संख्यामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ सय जनामा कोरोना पुष्टि भएको छ । यो सहित श्रीलंकामा कोरोना भाइरस संक्रमित संख्या १ लाख १२ हजार पुगेको छ । 
 
रासस–एएनआई
 

Post Your Comment