Market Closed

स्वास्थ्यकर्मीलाई तलबको ५०% जोखिम भत्ता र बिमाको व्यवस्था

03 May,2021
  • kp-oli-sambodhan_v301DC3oqP_5_3_2021_4_28_38.jpg
नेपाली पैसा

काठमाडौं  : सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मीलाई तलबको थप ५०% जोखिम भत्ता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । सोक्रममा उनले स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बिमाको व्यवस्था गरिने पनि बताए । यस्तै, स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गर्ने  पनि ओलीले बताए ।
 

Post Your Comment