Market Closed

थप ७४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

03 May,2021
  • corona-5174671_1920_5_3_2021_5_41_04.jpg
नेपाली पैसा 

\काठमाडौं  : नेपालमा थप ७४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार १६ हजार ६५८ जनाको पिसिआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ७ हजार ३८८ जनाको पिसिआर पोजेटिभ र ६० जनाको एन्टिजेन पोजेटिभ देखिएको हो । 
 
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३६ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २९ सय २२, ललितपुरमा २२२ र भक्तपुरमा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, एकैदिन ३७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । २ हजार २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment