Market Closed

बिल र मेलिन्डा गेट्सको सम्बन्ध विच्छेद गर्ने घोषणा, २७ वर्षको वैवाहिक जीवन अन्त्य हुँदै

04 May,2021
  • bil_melinda_5_4_2021_10_26_06.jpg
नेपाली पैसा
 
काठमाडौं : माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध बिच्छेद गर्ने भएका छन् । गेट्स दम्पतिले विवाह भएको २७ वर्षपछि अलग हुने निर्णय गरेका हुन् । दुवै जनाले ट्वीट मार्फत अलग हुने जानकारी गराउँदै भनेका छन्, ‘धेरै विचार र हाम्रो सम्बन्धमा धेरै काम गरिसकेपछि विवाह अन्त्य गर्ने निर्णय गरेका छौं ।’ बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो । 
 
सन् १९८७ मा मेलिन्डा प्रोडक्ट म्यानेजरका रुपमा बिलको कम्पनी माइक्रोसफ्टमा प्रवेश गरेकी थिइन् । यी दुईको विवाह सन् १९९४ मा भएको थियो । बिल र मेलिन्डाका ३ जना सन्तान रहेका छन् । हाल यी दुईले गैरनाफामूलक कल्याणकारी संस्था ‘बिल एन्ड मेलिन्डा फाउन्डेसन’ सञ्चालन गरिरहेका छन् ।



ट्वीटरमा सार्वजनिक वक्तव्यमा गेट्स दम्पतिले भनेका छन्, ‘विगत २७ वर्षमा हामीले ३ उत्कृष्ठ सन्तानहरु हुर्काएका छौं । हामीले फउन्डेसन पनि बनाएका छौं जसले विश्वभर मानिसको स्वास्थ्य र उपयोगी जीवनका लागि काम गर्छ ।’ पतिपत्नीका रुपमा नरहे पनि फाउन्डेसनमार्फत सँगै काम गर्ने पनि दुईले जानकारी गराएका छन् ।

नयाँ जीवन सुरु गर्न लागेकाले आफ्नो परिवारलाई ठाउँ र गोपनीयता दिनका लागि पनि मेलिन्डा र बिलले आग्रह गरेका छन् । फोब्र्सका अनुसार हाल बिल गेट् १ खर्ब २४ अर्थ डलर नेटवर्थसहित विश्वका चौथो धनी व्यक्तिका रुपमा स्थापित छन् । गेट्सले सन् १९७० मा सुरु गरेको माइक्रोसफ्ट कम्पनीबाट आफ्नो सम्पति निर्माण गरेका हुन् । 
 

Post Your Comment