बैकिङ क्षेत्रको तरलता र ब्याजदरहरु सामान्य रहने

18 May,2021
  • nrb_img_5_18_2021_3_47_47.jpg
नेपाली पैसा
 
काठमाडौं : बन्दाबन्दीका कारण नयाँ कर्जाको मागमा कमी आउने भएकाले बैंकिङ क्षेत्रको तरलता र ब्याजदरहरु सामान्य रहने राष्ट्र बैंकले अनुमान गरेको छ । कोभिड–१९ को पहिलो लहर सुरु भएदेखि कर्जाको माग घटेपनि लचिलो मौद्रिक नीतिका कारण तरलता प्रवाह बढेको राष्ट्र बैंकले जनाएको छ । जसका कारण निक्षेप तथा कर्जाको ब्याजदरहरु घट्दै गएको केन्द्रीय बैंकको भनाई छ । कर्जाको ब्याजदरमा आएको कमीले गर्दा पछिल्ला महिनाहरुमा कर्जाको माग बढाउन सहयोग पुगेको छ । 
 
कर्जाको माग उल्लेख्य ढंगले बढ्दा चैत महिनापछि बैकिङ क्षेत्रको तरलतामा कमी आइ अल्पकालीन ब्याजदरहरु केही बढ्न गएका छन् । यसले गर्दा आगामी दिनमा कर्जा तथा निक्षेपको ब्याजदर बढ्ने संकेत देखिएको थियो । तर हालै गरिएको बन्दाबन्दीले नयाँ कर्जाको मागमा कमी आइ बैकिङ क्षेत्रको तरलता र ब्याजदरहरु सामान्य रहने राष्ट्र बैंकले जनाएको छ । 
 

Post Your Comment