अमेरिकाले १०० देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप दिने

10 Jun,2021
  • Vaccine-USA-750x430_6_10_2021_10_11_29.jpg
काठमाडौं : अमेरिकाले १०० वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो दुई वर्षभित्र संसारभरका कम आय भएका १०० वटा देशलाई ५० करोड डोज खोप उपलब्ध गराउने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
 
अमेरिकाले यो वर्ष २० करोड र सन् २०२२ को पहिलो ६ महिनामा ३० करोड डोज खोप वितरण गर्ने योजना बनाएको छ । खोप पाउने देशमध्ये ९२ वटा निम्न आय भएका र बाँकी ८ वटा अफ्रिकन युनियनका सदस्य रहनेछन् ।
 

Post Your Comment