बेलायतमा कोभिडको तेस्रो लहर पनि आउन सक्ने भन्दै सचेत रहन चेतावनी

10 Jun,2021
  • corona_6_10_2021_2_11_48.jpg
 
लन्डन : बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । हाल बेलायतमा जनसंख्याको हिसाबबाट हेर्दा १० लाखमा करिब १०० जनामा कोरोना संक्रमण देखिन थालेको छ । सरकारको सल्लाहकार समेत रहेका एक जना वैज्ञानिकले यही क्रममा संक्रमण बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।

बृटिश प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकाले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् । प्राध्यापक गुप्ताका अनुसार बेलायतमा देखिएका कोरोना संक्रमित संख्या अहिलेको लागि थोरै जस्तो देखिए पनि यसलाई सामान्य हिसाब लिइएमा कुनै पनि बेला बिकराल रुप लिन सक्नेछ ।

सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो संख्यामा नै देखा परेका थिए । तर पछि त्यसैले विकराल रुप लिएको हो, उनले भने । बेलायतमा २ महिना अघि भेटिएको भनिएको कोभिड १९ को बृटिश भेरियन्टलाई निकै खतरानाक भनिएको छ ।
 
रासस–सिन्ह्वा
 

Post Your Comment