ओली सरकारमा थपिए ८ मन्त्री, यस्तो छ कार्यविभाजन

10 Jun,2021
  • 1611489841_kp_6_10_2021_4_41_33.jpg
नेपाली पैसा
 
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ । थपिएका मन्त्रीमा गृहमा खगराज अधिकारी र रामबहादुर थापा बादलकी पत्नी नैनकलालाई संचार मन्त्रालयको जिम्मेवारी मिलेको छ । 
 
यस्तै, नारदमुनि रानालाई वन तथा वातावरण, ज्वालाकुमारी शाह कृषि, जनता समाजवादी पार्टी जसपाका राजकिशोर यादवलाई उद्योग, गणेश पहाडीलाई सामान्य प्रशासन र मोहन बानियालाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारी मिलेको छ । त्यसैगरी, आशाकुमारी वि.क.लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

 

Post Your Comment