Market Closed

सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढ्यो, मंगलबार कतिमा हुँदैछ कारोबार ?

22 Jun,2021
  • gold_6_4_2021_11_38_27_6_6_2021_12_06_37_6_13_2021_12_04_37_6_22_2021_11_58_02.jpg
नेपाली पैसा

काठमाडौं  : मंगलबार सुन–चाँदीको भाउ बढेको छ । जसमा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।


सोमबार छापावाल सुनको भाउ तोलाको ९० हजार ४०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८९ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ९५ रुपैयाँ निर्धारण भएको थियो ।
 

Post Your Comment