Market Closed

बुधबार सुन-चाँदीको भाउ यसरी घट्यो

21 Jul,2021
  • Gold_bars.2e16d0ba.fill-650x500_7_7_2021_1_34_57_7_21_2021_11_35_37.jpg
नेपाली पैसा 

काठमाडौं : बुधबार सुन-चाँदीको भाउ घटेको छ । जसमा सुनको भाउ प्रतितोला ७०० रुपैयाँ र चाँदीको २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको छ । 


यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ८० रुपैयाँ कायम रहेको थियो ।
 

Post Your Comment