Market Closed

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ : २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित

21 Jul,2021
  • korea_7_21_2021_5_08_49.jpg

सोल : कोभिड १९ को चौथो वेभ देखिएको दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टाको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु अहिलेसम्मकै सबैभन्दा धेरै भेटिएका हुन् । प्राप्त समाचार अनुसार पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा सबैभन्दा धेरै संक्रमित पाइएको छ ।
 
गत २४ घन्टायता मात्रै १७ सय ८४ जना कोभिडका संक्रमित भेटिएका हुन् । गत ६ महिनापछि एकै पटक यतिधेरै संख्यामा संक्रमित भेटिएको जानकारी दिइएको छ । दक्षिण कोरिया कोभिड संक्रमणको चौथो वेभमा प्रवेश गरेको छ । सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने कार्यमा पनि कडाई गरेको छ ।
 
अहिलेसम्म संक्रमित संख्या १ लाख ८२ हजार ७२२ जना पुगेको छ ।  अघिल्ला ३ हप्ताको तुलनामा हाल संक्रमितहरु ५६ प्रतिशतले बढेका छन् । मंगलबार देखिएका संक्रमतिहरुमा आधाभन्दा बढी राजधानी सोलकै रहेका छन् । पछिल्लो समयमा संक्रमित संख्या बढ्दै गएपछि खोप अभियानलाई थप तीव्र बनाइएको सरकारले बताएको छ । 
 
रासस–सिन्ह्वा

Post Your Comment