Market Closed

सबैलाई निःशुल्क खोप सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

22 Jul,2021
  • dewa_7_22_2021_7_28_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड १९ विरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघ (सीएनआई) को १८ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले विशेष ध्यान दिने बताए । 
 
“विकासलाई हामीले प्राथमिकता दिएका छौंँ, तर त्यो भन्दा पहिले आमनागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो,” प्रधानमन्त्री देउवाले भने, “महामारीबाट बाहिर निष्किने विषय सबैभन्दा चुनौतिपूर्ण छ, त्यसकारण हाम्रो पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो ।”
 
प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगीकरणलाई प्रवद्र्धन गर्ने बताए ।

Post Your Comment