Market Closed

अर्थतन्त्र उकास्न अझै राहत प्याकेज आवश्यक : अर्थमन्त्री शर्मा

22 Jul,2021
  • janardan_7_19_2021_7_50_19.jpg
नेपाली पैसा

काठमाडौं : कोरोना भाइरसको चपेटमा परेको अर्थतन्त्रलाई माथि उकास्न राहत प्याकेज ल्याउन आवश्यक रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । पहिलो चरणको कोभिडबाट गम्भीर अवस्थामा पुगेको अर्थतन्त्र दोस्रो चरणको महामारीबाट अर्थतन्त्र झन बिग्रिँदै गएपछि अर्थमन्त्री शर्मा राहतको प्याकेज ल्याउने तयारीमा आफूहरु जुटेको बताए ।

नेपाल उद्योग परिसंघका १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै शर्माले अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको मनोवल उच्च बनाउन पनि राहत प्याकेज आवश्यक भएको र त्यसका लागि केन्द्रीय बैंक र अर्थमन्त्रालयले तयारी गरेको उनले बताए । आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेकोले बताउँदै अर्थमन्त्री शर्माले त्यसका लागि सरकारले आवश्यक सम्भावनाका विषयमा छलफल गरिरहेको बताए ।

उनले  यसअघिका उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नुपर्ने आवश्यकता रहेको औंल्याए । मन्त्री शर्माले स्वदेशमा उत्पादन भएका सामग्रीहरुलाई स्वदेशमा उपयोग गरेर देशको अर्थतन्त्रलाई माथि उठाउन सकिने धारणा व्यक्त गरे । सीएनआइले  घोषणा गरेको मेक इन नेपालले रोजगार वृद्धि तथा अर्थतन्त्र सुदृढका लागि उपयोगी सावित हुने उनले बताए । 

कार्यक्रमका सभापति सतिशकुमार मोर र उपाध्यक्ष अनुज अग्रवालले देशको एलसी खोलेर सामान ल्याएर बेच्दैमा देश समृद्ध नबन्ने बताए । कार्यक्रममा विनोद चौधरी, नीति आयोग भारतका प्रमुख अधिकृत अमिताभ कान्त र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति थियो ।
 

Post Your Comment