Market Closed

सीएनआईको अध्यक्षमा विष्णु अग्रवाल

22 Jul,2021
  • 11_7_22_2021_7_46_21.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई)को अध्यक्षमा विष्णु अग्रवाल चुनिएका छन् । नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्ष चुनेको हो । स्वतः अध्यक्ष हुने प्रावधानअनुरुप वरिष्ठ उपाध्यक्ष अग्रवाल अध्यक्ष भएका हुन् । मोरङ अटो वर्कका प्रवन्ध निर्देशकसमेत रहेका अग्रवाल आगामी दुई वर्षका लागि अध्यक्ष भएका हुन् ।

उद्योगीहरुको संगठनको रुपमा चिनिएको सीएनआईले देशभित्र लगानीको वातारण बनाउन नीतिगत सुधारमा काम गरिरहेको हुन्छ । लगानीलाई निरुत्साहित गर्ने कानुन खारेज वा संशोधनमा पनि सीइएनआईको महत्वपूर्ण भूमिका रहन्छ ।
 

Post Your Comment