Market Closed

सेयर बजारमा उत्साह : बैंक र म्युचुअल फन्डमा बढी चमक

22 Jul,2021
  • bull_n_bearb_7_22_2021_1_32_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा उत्साह देखिएको छ । विशेषगरी बिहीबार वाणिज्य बैंक समूहमा चमक आएको छ । यस्तै, म्युचुअल फन्डहरुको भाउ पनि मज्जाले बढिरहेको छ । साउन लागेसँगै बैंकिङ प्रणालीमा तरलता सहज भएको छ । लगानीयोग्य रकम सजिलै उपलब्ध हुने भएपछि बजार पनि उत्साहित देखिएको छ । बैंकहरुले सस्तो ब्याजदरमा कर्जा दिइरहेका छन् । यस्तै, केन्द्रीय बैंकले मौद्रिक नीति आउन केही विलम्ब हुने बताएको छ ।

तथापि, अहिलेको योजना अनुसार नीति आएमा पुँजी बजारलाई खासै नकारात्मक असर पर्ने विषय नआउने उसको भनाई छ । लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले लगानी गर्न सक्नुपर्छ । बिहीबार यो समाचार तयार पार्दासम्म (१ः३० बजे) नेप्से सूचक २३ अंकले बढेको छ भने करिब साढे ६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । 
 

Post Your Comment