Market Closed

अफगानिस्तानमा आर्थिक संकट : संयुक्त राष्ट्रसंघद्वारा तत्काल सहयोग गर्न विश्व समुदायसँग आह्वान

14 Sep,2021
  • afagasthin_9_14_2021_1_16_13.jpg
 
जेनेभा : संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा ठूलो आर्थिक तथा मानवीय संकट आउन लागेको बताएको छ । यो समस्या समाधानका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि उसको भनाई छ । यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन राष्ट्र संघले आव्हान गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले मानवीय तथा आर्थिक संकटमा विषयमा विश्वको ध्यानाकर्षण गराएका हुन् ।

सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरे । गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीहरुले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ । अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा स्वच्छ पिउने पानीको समेत समस्या रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
 
महासचिव गुटर्रेसले अफगानिस्तानका लागि करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताए । उनले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने बताए । यहाँको पछिल्लो राजनीतिक परिवर्तनपछि नागरिकहरु निकै नै ठूलो जोखिममा परेका भन्दै उनले भने–हामीले यहाँ यो कुरा त्यसै भनेका छैनौँ कि अफगानिस्तानको अवस्था साँच्चिकै नराम्रो छ । 
 
अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै संयुक्त राष्ट्रसंघले तालिबानलाई सहयताकर्मीहरुलाई विभिन्न स्थानमा उनीहरु सहयोग गर्न पुगे भने नरोक्न पनि आह्वान गरेको छ । तालिबान लडाकूहरूले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए । हाल पनि अफगानिस्तानका लाखौँ नागरिक आन्तरिक रूपमा विस्थापित भएर देशभित्रै शरणार्थीको जस्तो अवस्थामा बाँच्न बाध्य भएका छन् । 
 
रासस–सिन्ह्वा
 

Post Your Comment