Market Closed

एमालेको अवरोधकै बीच विनियोजन विधेयक प्रस्ताव पारित

14 Sep,2021
  • Janardan-Sharma-1_9_14_2021_2_00_40.jpg
नेपाली पैसा

काठमाडौं : प्रतिनिधिसभाको बैठकले अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयकमाथिको प्रस्ताव पारित गरेको छ । सभामुख अग्नि सापकोटाले एमाले सांसदको अवरोधकै बीच विनियोजन विधेयक, २०७८ निर्णयार्थ पेस गरेका थिए । संसद बैठक सुरु भए लगत्तै सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई समय दिएका थिए । 
 
कारवाही सुरु भएलगत्तै एमाले सांसदहरु अवरोध गर्न पुगेका थिए । एमालेले सभामुख सापकोटाले कारवाही गरेका १४ जना सांसदको सूचना सार्वजनिक नगरेको भन्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । 
 

Post Your Comment