Market Closed

धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीलाई

14 Sep,2021
  • 1_9_14_2021_2_12_56.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीलाई दिइएको छ । धितोपत्र बोर्ड नेतृत्वविहीन बनेपछि अर्थ मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक गिरीलाई दैनिक प्रशासनिक कामको जिम्मेवारी दिएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पारिवारिक सदस्यका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको भेटिएपछि निलम्बनमा परेका छन् । अर्थ मन्त्रालयको प्रस्तावमा भदौ १६ गते बसेको मन्त्री परिषद्को बैठकले ढुंगानालाई पदबाट निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो । जसका कारण पुँजी बजार नियामक नेतृत्वविहीन बन्न पुगेको छ ।
 

Post Your Comment