Market Closed

थप १५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा कति ?

14 Sep,2021
  • shutterstock_1642065145_9_14_2021_5_08_00.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप १५ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार मंगलबार १० हजार २६६ जनाको पिसिआर र ४ हजार १७७ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । 
 
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४०४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २९४, ललितपुरमा ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जनाले ज्यान गुमाएका छन् । १५ सय ८९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment