Market Closed

नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा, न्यूनतम भाउ कति ?

15 Sep,2021
  • Auction_8__9_15_2021_7_40_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनआइसी एसिया बैंकले भदौ २१ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरिरहेको छ । बैंकले कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम १२ सय ९४ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 
 
यसमा भदौ ३१ गते बिहीबारसम्ममा बोलपत्र पेश गरिसक्नुपर्नेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

Post Your Comment