Market Closed

विकास हाइड्रोपावरले आइपीओ ल्याउने, प्रभु क्यापिटल बिक्री प्रबन्धक

17 Sep,2021
  • 1_9_17_2021_2_37_09.jpg
नेपाली पैसा
 
काठमाडौं : विकास हाइड्रोपावरले १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले जारी पुँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३०% आइपीओ सर्वसाधारणलाई निष्कासन गर्न लगेको हो । आइपीओ निष्कासन गर्न कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 
 
नियुक्ति सम्बन्धी सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालील हस्ताक्षर गरेका छन् । कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछाखोलामा अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको क्षमता ४.५५ मेगावाट रहेको छ । आयोजनाको निर्माण कार्य हालसम्म ५०% सम्पन्न गरिसकेको कम्पनीले जनाएको छ । 
 

Post Your Comment