Market Closed

तरलता अभाव टार्न बैंकिङ प्रणालीमा २० अर्ब पठाउँदै केन्द्रीय बैंक

25 Nov,2021
  • NRB__9_18_2020_11_43_09_11_25_2021_1_11_27.jpg
नेपाली पैसा 

काठमाडौं : तरलताको अभाव टार्न केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार मंसिर ९ गते रिपो बोलकबोल गर्नेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार दिउँसो २.१५ बजेसम्म बिडिङ गर्नुपर्नेछ । राष्ट्र बैंकले दुई हप्ताका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।
 
यो रिपो मंसिर २३ गते परिपक्क हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।
 

Post Your Comment