Market Closed

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक, यस्तो छ समय तालिका

07 Dec,2021
  • download_12_7_2021_3_01_07.jpg
नेपाली पैसा

काठमाडौं : निर्वाचन आयोगले आगामी माघ १२ मा हुने राष्ट्रियसभाका निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । यस्तै, २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।
 
सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ । 
निर्वाचको कार्यक्रम भने पुस १७ गतेबाटै सुरु हुनेछ ।

सोही दिन मतदाताहरूको नामावली प्रकाशित हुने छ । नामावलीमा कुनै त्रुटी भए सच्याउने र उजुरी दिनका लागि पुस १८ र १९ गते तोकिएको छ । माघ १२ मा राष्ट्रियसभाका एकतिहाइ सांसद निर्वाचित गर्न मतदान हुँदैछ । १९ जना नयाँ सांसद निर्वाचित गर्नका लागि मतदान हुन लागेको हो । यसमा प्रदेससभा सदस्य र स्थानीत तहका प्रमुख तथा उप प्रमुखले मतदान गर्ने छन् ।



Post Your Comment