Market Closed

म्युचुअल फन्डहरुले के गर्दैछन्, कता छ धेरै लगानी, कसको न्याभ कति ?

03 Jan,2022
  • mutualfuns_1_3_2022_7_25_51.jpg
नेपाली पैसा
 
काठमाडौं : धितोपत्र बजारमा सक्रिय ३० म्युचुअल फन्डहरुले मंसिर महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छन् । यसअवधिमा सबै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ भने धेरैको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ । म्युचुअल फन्डले संकलन गरेको अधिकांश रकम सेयर बजारमा लगानी गरेका हुन्छन् । त्यसैले सेयर बजार घट्दा र बढ्दाको प्रत्यक्ष असर तथा प्रभाव फन्डहरुमा देखिन्छ । मंसिरमा बजार घट्दो क्रममा रहेकाले त्यसको नकारात्मक असर म्युचुअल फन्डको न्याभमा पनि देखिएको हो । 
 
न्याभका आधारमा सानिमा इक्विटी फन्ड अघि : ९ फन्डको न्याभ १० रुपैयाँभन्दा कम
 
मंसिर मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै न्याभ सानिमा इक्विटी फन्डको रहेको छ । यसको न्याभ १५ रुपैयाँ ७१ पैसा रहेको छ । एक महिनाको अवधिमा सबै फन्डको न्याभ घटेको छ । सबैभन्दा धेरै न्याभ घट्नेमा ग्लोबल आइएमई समुन्नत योजना–१ रहेको छ । यसको न्याभ १२ रुपैयाँ २१ पैसाले घटेर १० रुपैयाँ ७७ पैसामा आएको छ । यसअवधिमा ९ फन्डको न्याभ भने १० रुपैयाँभन्दा कम रहेको छ । 


 
सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको सेयर बजारमा लगानी
 
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सबैभन्दा धेरै सेयर बजारमा लगानी सिद्धार्थ इक्विटी फन्डको रहेको छ । यसअवधिमा यो फन्डले १ अर्ब ५१ करोड ११ लाख ८० हजार रुपैयाँभन्दा बढी रकम सेयर बजारमा लगानी गरेको छ । यसअवधिमा ४ फन्डको मात्रै सेयर बजारमा लगानी बढेको छ । सबैभन्दा धेरै सूचीकृत कम्पनीको सेयरमा लगानी बढ्नेमा मेगा म्युचुअल फन्ड १ को रहेको छ । यसको सूचीकृत कम्पनीको सेयरमा लगानी ८३.८८% ले बढेर ५५ करोड ३७ लाख १८ हजार रुपैयाँ पुगेको छ । 


 
सबैभन्दा धेरै बैंक मौज्दात एनआइसी एसिया सेलेक्ट ३० फन्डको
 
चालु आर्थिक वर्षको मंसिर मसान्तमा सबैभन्दा धेरै बैंक मौज्दात एनआइसी एसिया सेलेक्ट ३० को रहेको छ । यसको बैंक मौज्दात ०.६४% ले बढेर १ अर्ब १ करोड ५ लाख रुपैयाँभन्दा बढी पुगेको छ । एक महिनाको अवधिमा १४ फन्डको बैंक मौज्दात बढेको छ भने १६ फन्डको बैंक मौज्दात घटेको छ । 


 
कुल नाफामा एनआइसी एसिया ग्रोथ फन्ड अघि 
 
मंसिर मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै कुल नाफा आर्जन गर्नेमा एनआइसी एसिया ग्रोथ फन्ड रहेको छ । यसअवधिमा यसले ३० करोड ३२ लाख २४ हजार रुपैयाँ कुल नाफा कमाएको छ । यही अवधिमा २१ फन्ड नोक्सानमा देखिएका छन् ।  सनराइज ब्लूचिप फन्ड बाहेक अन्य सबैको कुल नाफा घटेको छ ।

Post Your Comment