Market Closed

निर्जीवन बिमा कम्पनीहरुले बोनस सेयर दिने, लाभांश इतिहास कुनको कति ?

06 Jan,2022
  • Bonus_1_6_2022_6_56_55.png
नेपाली पैसा
 
काठमाडौं : बिमांकीय मूल्यांकन र एनएफआरएस प्रणालीबाट रिपोर्ट तयार गर्नुपरेकाले बिमा कम्पनीहरुको लाभांश घोषणा र साधारण सभा गर्ने कार्यमा विलम्ब हुँदै आएको छ । केही जीवन बिमा कम्पनीहरुले त अघिल्लै आर्थिक वर्षको लाभांश घोषणा गरेका छैनन् । यता, पुस मसान्त लाग्न आँट्दा नेप्सेमा सूचीकृत २ निर्जीवन बिमा कम्पनीले मात्रै गत आर्थिक वर्षको लाभांश सम्बन्धी जानकारी दिएका छन् भने साधारण सभाको टुंगो लागेको छैन । यसै सन्दर्भमा निर्जीवन बिमा कम्पनीहरुको लाभांश इतिहास कस्तो रहँदै आएको छ ? एक पटक हेरौं । 
 
निर्जीवन बिमा कम्पनीको ५ वर्षे लाभांश इतिहास
 
नेप्सेमा सूचीकृत १८ निर्जीवन बिमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन् । गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गर्नेमा हिमालयन जनरल र प्रिमियर इन्सुरेन्स रहेका छन् । यी दुवै कम्पनीको लाभांश दर अघिल्लो वर्षको तुलनामा बढेको छ । हिमालयन जनरलले ७% लाभांश घेषणा गरेको छ भने प्रिमियर इन्सुरेन्सले १५% लाभांश प्रस्ताव गरेको छ ।

अजोड इन्सुरेन्स, जनरल इन्सुरेन्स र सानिमा जनरल इन्सुरेन्सले अघिल्लो वर्ष मात्रै आइपीओ जारी जारी गरेका हुन् । उनीहरुले हालसम्म लाभांश घोषणा गरेका छैनन् । यता, राष्ट्रिय बिमा कम्पनी र युनाइटेड इन्सुरेन्सले भने विगत ५ वर्षयता कुनै पनि लाभांश दिएको रेकर्ड छैन । निर्जीवन कम्पनीहरुको ५ वर्षे लाभांश इतिहास हेर्दा केही कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् भने केहीले नगद लाभांश वितरण गरेका छन् ।

 
निर्जीवन बिमा कम्पनीहरुले बोनस सेयर मात्र वितरण गर्न पाउने 
 
यता, यसपटक बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरेको छ । समितिले निर्जीवन बिमा कम्पनीहरुलाई कोरोना बिमाको दाबी भुक्तानी नभएसम्म नगद लाभांश बाँड्न नदिने तयारी गरेको हो । तर बोनस सेयर भने वितरण गर्न पाइनेछ । यद्यपि, औपचारिक निर्णय भने भइसकेको छैन ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बिमाको दाबी भुक्तानी नगरेसम्म निर्जीवन बिमा कम्पनीलाई नगद लाभांश वितरण गर्न नदिने बारे छलफल भइरहेको बताएका छन् । यसबारेमा हालसम्म बिमा समितिले कुनै निर्णय भने गरेको छैन । तथापि, कम्पनीहरुले बोनस सेयर भने घोषणा गर्न पाउने उनले बताए ।
 

Post Your Comment