Market Closed

पुस महिनाको अन्तिम दिन सुन–चाँदीको भाउमा सामान्य वृद्धि

14 Jan,2022
  • FYjFKKZ65KqMgGUo2EwWER_1_14_2022_11_13_51.jpeg
नेपाली पैसा

काठमाडौं : पुस महिनाको अन्तिम दिन अर्थात शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । 


यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ रहेको थियो ।
 

Post Your Comment