Market Closed

ह्वात्तै बढ्न थाल्यो कोरोना संक्रमण, पछिल्लो २४ घन्टामा ५ हजार ८७ जना संक्रमित

14 Jan,2022
  • omicron-variant_1_14_2022_5_29_21.png
नेपाली पैसा 
 
काठमाडौं : पछिल्ला दिनहरुमा कोरोना संक्रमण निरन्तर बढ्न थालेको छ । पुस मध्यदेखि संक्रमण तीब्र गतिमा फैलिन थालेको हो । छिमेकी भारतमा पनि उच्चदरमा बढेकाले खुला सिमानाको थप प्रभाव पर्न सक्ने भन्दै चिकित्सकहरुले सजग गराएका छन् । यसैक्रममा पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार यसअवधिमा २० हजार ५ सय ६० जनामा परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैअवधिमा ३ सय ६ जनालाई निको भएको छ । हाल मुलुकभर संक्रमित संख्या १८ हजार २ सय ३५ जना पुगेको छ। यसअवधिमा ३ जनाको भने कोरोनाको कारण ज्यान गएको छ।
 
 

Post Your Comment