Market Closed

नेप्से सूचक १०० अंकले घटेपनि २ कम्पनीको भाउ सर्किट लागेर बढ्यो

24 Jan,2022
  • bull_n_beas_12_12_2021_3_19_20.jpg
नेपाली पैसा
 
काठमाडौं : सेयर बजारमा सोमबार उच्च गिरावट आएको छ । नेप्से सूचक १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा आइपुगेको छ । सूचक घटे पनि खरिदबिक्री रकममा भने झन् तेजी देखिएको छ । कारोबार रकम पछिल्ला दिनहरुको तुलनामा निकै राम्रो देखिएको छ । यस दिन ८ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबारको कारोबारमा ट्रेडरहरु हाबी भएका छन् ।
 
पछिल्लो केही साता नेप्से सूचक निरत्नर बढेको थियो । जसबाट अल्पकालीन कारोबारीहरुले नाफा बुक गरेका छन् । बजार करेक्सन हुँदै अघि बढ्ने गर्छ । करेक्सनले बजारलाई थप बलियो र दिगो बनाउने विश्लेषकहरु बताउँछन् । पछिल्लो समय बजारलाई असर गर्ने विषयहरु क्रमशः न्यूनीकरण हुँदै गइरहेका छन् । मुख्य समस्याका रुपमा रहेको तरलता पनि अहिले सहज हुँदै गएको छ । यद्दपि, खरिदबिक्री सम्बन्धी निर्णय लगानीकर्ताले आफ्नै स्वविवेकमा गर्नुपर्छ । 
 
लगानी गर्दा कम्पनी छनोटमा भने विशेष ध्यान दिन आवश्यक हुन्छ । कम्पनीको नाफा, रिजर्भ, लाभांश क्षमता, इपीएस, पीइ रेसियोका साथमा व्यवसाय विस्तारको सम्भावनातर्फ पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ । कम्पनीहरुको खुद नाफा, ब्याज आम्दानी, नेटवर्थ लगायतका सूचकलाई पनि ध्यान दिन उचित हुनेछ । 

 
बजारमा उच्च गिरावट आएपनि दुई कम्पनीको सेयर भाउ भने सर्किट लागेर बढेको छ । विन लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको भाउ १०% ले बढेको छ । यस्तै, कारोबार रकमका आधारमा अपि पावर सबैभन्दा अघि आएको छ । यसको ३८ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत सबै समूहमा गिरावट आएको छ । 



Post Your Comment