Market Closed

बारामा झडप हुँदा मतदान रोकियो

13 May,2022
  • vote_5_13_2022_6_14_54.jpg
नेपाली पैसा

काठमाडौं : बाराको पचरौता नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । देवतालमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । त्यहाँ झडपका कारण उत्पन्न विवाद साम्य पार्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।

देवतालको पीपरपातीमा पनि एक पक्षले मतदान केन्द्रमै प्रवेश गरेर भोट मागिरहेपछि अर्को पक्षले विरोध जनाउँदा झडप भएको हो । झडपका कारण अहिले ती दुवै केन्द्रमा मतदान रोकिएको छ ।
 

Post Your Comment