Market Closed

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

13 May,2022
  • download_(1)_5_13_2022_10_23_52.jpg
नेपाली पैसा

काठमाडौं : स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । स्याङजा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्याप पिकअप भ्यान सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो । स्थानीय तहको निर्वाचनमा मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा जीप सडकबाट खसेको थियो ।

घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।
 

Post Your Comment