Market Closed

बाबुराम भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

13 May,2022
  • baburam_5_13_2022_5_00_35.jpg
नेपाली पैसा

काठमाडौं : निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार प्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । 

शुक्रबार पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए । निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।
 

Post Your Comment