नेपाली पैसा
काठमाडौं : गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीको गोली लागेर मतदान केन्द्रमा खटिएका स्वयंसेवक घाइते भएकी छिन् । मतदानको विषयलाई लिएर कांग्रेस र माओवादीबीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।