Market Closed

५० लघुवित्त : प्रमुख सूचकहरुका आधारमा कुन सबैभन्दा अब्बल ?

18 May,2022
  • profit_imgnes_5_18_2022_9_26_54.jpg
इशारा कोइराला
 
काठमाडौं : माइक्रोफाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुको वित्तीय विवरण आएको छ । सार्वजनिक विवरणअनुसार अधिकांश कम्पनीको खुद नाफालगायतका प्रमुख सूचकमा वृद्धि देखिएको छ । समग्रमा यी लघुवित्त कम्पनीहको खुद नाफा ७.७०% ले बढेको छ ।

यसअवधिमा चुक्ता पुँजी, जगेडा कोष, खुद ब्याज आम्दानी जस्ता सूचकहरुमा छिमेक लघुवित्त सबैभन्दा अगाडि रहेको छ । खुद नाफातर्फ भने निर्धन उत्थान लघुवित्तको अग्रता रहेको छ । यता, प्रतिसेयर आम्दानीमा भने फरवार्ड माइक्रोफाइनान्स अघि छ । अब हेरौं, प्रमुख सूचकहरुका आधारमा कुन लघुवित्त कम्पनीको अवस्था कस्तो छ ?
 
लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी २६.१४% ले बढ्यो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा समग्रमा लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी २६.१४% ले बढेर २९ अर्ब १३ करोड ८१ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष लघुवित्तहरुको पुँजी २३ अर्ब ९ करोड ८९ लाख ३३ हजार रुपैयाँ थियो ।

सबैभन्दा धेरै चुक्ता पुँजी छिमेक लघुवित्तको रहेको छ । यसको पुँजी २७% ले बढेर २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, निर्धान उत्थानको चुक्ता पुँजी २ अर्ब १९ करोडभन्दा धेरै छ । एक वर्षको अवधिमा ४५ कम्पनीको पुँजी बढेको छ भने ५ कम्पनीको चुक्ता पुँजी गत वर्षकै यथावत छ । 



लघुवित्त कम्पनीहरुको जगेडा कोषमा १७.८७% को वृद्धि 
 
चैत मसान्तसम्ममा लघुवित्त कम्पनीहरुको जगेडा कोषको आकार १७.८७% ले बढेर २४ अर्ब ९४ करोड ४८ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा लघुवित्तहरुको जगेडा कोषमा २१ अर्ब १६ करोड ३० लाख ६२ हजार रुपैयाँ थियो । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष छिमेक लघुवित्तको रहेको छ ।

तथापि, यसको जगेडा कोष ३०.९१% ले घटेर २ अर्ब ४० लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । यसअवधिमा ४२ कम्पनीको जगेडा कोषको आकार बढेको छ भने ८ कम्पनीको जगेडा कोष घटेको छ । 



लघुवित्त कम्पनीहरुको खुद ब्याज आम्दानीमा १५.७९% को बढोत्तरी 
 
यसअवधिमा लघुवित्तहरुको समग्रमा खुद ब्याज आम्दानी १५.७९% ले बढेर २० अर्ब ७८ करोड १६ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यिनीहरुले १७ अर्ब ९४ करोड ८३ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएका थिए । यसअवधिमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी कमाउनेमा छिमेक लघुवित्त रहेको छ ।

यसको खुद ब्याज आम्दानी १५.११% ले बढेर १ अर्ब ७५ करोड ७७ लाख ४० हजार रुपैयाँ पुगेको छ । ६ कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब माथि छ । एक वर्षको अवधिमा ३९ लघुवित्त कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने ११ कम्पनीको खुद ब्याज आम्दानी घटेको छ । 



लघुवित्त कम्पनीहरुको खुद नाफा ७.७०% ले बढ्यो
 
 समग्रमा लघुवित्त कम्पनीहरुको खुद नाफा ७.७०% ले बढेर ८ अर्ब ८७ करोड ३८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यिनीहरुले ८ अर्ब २३ करोड ९२ लाख ३७ हजार रुपैयाँ नाफा कमाएका थिए । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा निर्धन उत्थान लघुवित्त रहेको छ ।

यसको नाफा १२.२९% ले बढेर ८० करोड २६ लाख ९७ हजार रुपैयाँ पुगेको छ । छिमेकले ७१ करोड ७१ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ । एक वर्षको अवधिमा २८ कम्पनीको खुद नाफा बढेको छ भने २२ को खुद नाफा घटेको छ । 



प्रतिसेयर आम्दानीमा फरवार्ड माइक्रोफाइनान्सको अग्रता 
 
चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी फरवार्ड माइक्रोफाइनान्सको रहेको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९ पैसाले बढेर १११ रुपैयाँ ९७ पैसा पुगेको छ । यस्तै, महिला लघुवित्तको प्रतिसेयर आम्दानी ९० रुपैयाँ ४२ पैसा छ । 


Post Your Comment