नेपाली पैसा
काठमाडौं : शुक्रबार सुनको भाउ १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।