नेपाली पैसा
काठमाडौं : ललितपुर महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेपाली काँग्रेस) चिरीबाबु महर्जनले २१ हजार ३११ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार १४९ मत प्राप्त गरेका छन् । महर्जन र ब्यजञ्जनकारको मतान्तर ९ हजार १६२ रहेको छ ।
यस्तै, पोखरा महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेकपा एस) का धनराज आचार्यले २६ हजार ९६८ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २३ हजार ६९८ मत प्राप्त गरेका छन् । आचार्य र थापाको मतान्तर ३ हजार २७० रहेको छ ।
विराटनगर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका उमेद्वार (नेपाली कांग्रेस) नागेश कोइरालाले अग्रता कायम राखेका छन् । उनले अहिलेसम्म २५ हजार ३१२ र एमाले उम्मेदवार सागर थापाले १८ हजार ८३५ मत प्राप्त गरेका छन् । कोइराला र थापाको मतान्तर ६ हजार ४७७ रहेको छ ।