Market Closed

सस्तो हुन थाल्यो निर्जीवन बिमा कम्पनीहरुको भाउ, हेर्नुहोस् पीइ रेसियो कुनको कति ?

12 Jun,2022
  • PE_ratio_6_12_2022_8_24_42.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । पछिल्लो समय सेयर बजार सुस्त बनेको छ । यसैबीच निर्जीवन बिमा कम्पनीहरुको सेयर मूल्य पनि तुलनात्मक रुपमा सस्तो भएको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) का आधारमा हेर्दा निर्जीवन बिमा कम्पनीहरुको पीई रेसियो न्यूनतम २०.८७ देखि अधिकतम ८५.३४ गुणा सम्ममात्र देखिएको छ ।

बजार भाउ उच्च भएका बेला यी कम्पनीहरुको पीइ रेसियो पनि निकै माथि थियो । पीइ समूहगत आधारमा हेर्नुपर्छ । बिमा समूहहरु विगतदेखि नै उच्च पीइ हुने समूहमा पर्छन् । यसआधारमा भाउ निकै घटेकाले यस समूहमा पर्ने कम्पनीहरुको पीइ पनि निकै कम भएको देखिन्छ । निर्जीवन बिमा कम्पनीहरुको सिमेत पीई २० कै हाराहारीमा आइपुगेको छ । 
 
पीई रेसियोले १ रुपैयाँ नाफा कमाउन कति रुपैयाँ लगानी गर्नुपर्छ भन्ने विषयको जानकारी दिन्छ । यद्दपि, कम्पनी मूल्यांकनमा पीई रेसियोलाई मात्र आधार बनाउनु भने हुँदैछ । तथापि, यसले कम्पनी ओभरभ्याल्यूड छ कि अन्डरभ्याल्यूड छ भन्ने विषयको जानकारी दिन भने ठूलो मद्दत पुर्याउँछ । यसमा पनि नेप्सेमा सूचीकृत विभिन्न उपसमूहहरुको सेक्टरल आधारमा पीई फरफरक पाइन्छ । यसआधारमा एउटा समूहलाई आधार मानेर त्यस समूहभित्र पर्ने कम्पनीहरुका बीचमा मात्र पीई अध्ययन गर्नु उपयुक्त हुनेछ ।

 
यस्तै, कतिपय कम्पनीको पीई रेसियो उच्च हुँदा पनि लगानीकर्ताहरु बुझेरै पनि आकर्षित भइरहेका हुन सक्छन् । किन भने उक्त कम्पनीको भविष्यको सम्भावना राम्रो हुन सक्छ । कतिपय ब्लुचीप र ग्रोथ ओरियन्टेड कम्पनीहरुको पीई तुलनात्मक रुपमा महँगो हुने गरेको पनि पाइन्छ । यसर्थ, लगानीकर्ताले पीई रेसियोको अध्ययन गरी रहँदा यी कुराहरुलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।  
 
प्रतिसेयर आम्दानी र बजार भाउलाई आधार मान्दा राष्ट्रिय बिमा कम्पनीको बजार भाउ तुलनात्मकरुपमा महँगो देखिएको छ । यसको पीई रेसियो ८५.३४ गुणा रहेको छ । अर्कोतर्फ, आइएमई जनरल इन्सुरेन्स भने सूचीकृत निर्जीवन बिमा कम्पनीहरु मध्ये सबैभन्दा अन्डरभ्याल्यूड देखिएको छ । यसको पीई रेसियो भने २०.८७ गुणा मात्र छ । लगानीकर्ताले सकेसम्म, पाएसम्म कम पीई रसियो भएका कम्पनी छनोट गर्न आवश्यक छ ।
 
तर पीई रेसियो एउटै सेक्टरमा पर्ने कम्पनीहरुसँग गर्नुपर्छ । साथै, पीई रेसियो बढी हुँदैमा कम्पनी लगानीका लागि योग्य छैन भन्ने सोच्नु पनि हुँदैन । कतिपय ग्रोथ सम्भावना बोकेका स्टकहरुको पीई रेसियो पनि बढी हुने गर्छ । यहाँ निर्जीवन बिमा कम्पनीहरुको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी र गत शुक्रबारको बजार भाउलाई आधार बनाएर पीई गणना गरिएको छ । हेरौं, कुन इन्सुरेन्सको पीई, इपीएस र बजार भाउ कति ?
 
नोट : हिमालयन र एभरेष्ट इन्सुरेन्स एक आपसमा गाभिने भएपछि दुवै कम्पनीको सेयर कारोबार दोस्रो बजारमा रोक्का छ । 
 

Post Your Comment